


बैतडी : नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउने कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष प्रेमराज भट्टले जानकारि दिए।

फागुन १६ र १७ गते बैतडीको दोगडाकेदार ३ स्थित श्रीकोट बहुमुखी क्याम्पसमा हुने नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशनको उद्घाटन गर्न मन्त्री भण्डारी गृह जिल्ला आउने नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी अध्यक्ष भट्टले बताए ।
भट्टका अनुसार मन्त्री भण्डारीसंगै नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष बिष्णु प्रसाद भण्डारी, लगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहने बताए ।




