


बैतडी:बैतडीको डिलासैनी गाउँपालिका घर भएका लोक जोशीको तिम्रै भर परेको’ बोलको लोक गीत बजारमा सार्वजनिक भएको छ। लोक जोशीको शब्द सिर्जनामा तयार पारिएको उक्त गीतमा गायक कुशल बेल्बासे र लोकप्रिय गायिका शान्तीश्री परियारले स्वर दिएका छन् ।
गीतसंगितमा रुचि राख्ने जोशीको शब्द रचना रहेको उक्त गीतमा जीशन भट्टले संगित भरेका छन् भने कलाकारहरु मुकुन्द भट्ट, सरिता दनकुटी र स्वयम् जोशीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् ।

सर्जक जोशीको शब्द सिर्जनामा आधा दर्जन बढि गीत बजारमा आइसकेका छन्




