Vutlaxapu
Laxmibhuwan sun chadi

रास्वपा नेताहरूलाई सुमनाको प्रश्नः नख्खुमा इज्जतसँगै मानवता पनि जलाएको हो?

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:रास्वपाकी पूर्वनेता तथा सांसद सुमना श्रेष्ठले पार्टीकै मानिसहरूले आफूविरूद्ध फैलाएको झुटो प्रचारप्रति टिप्पणी गरेकी छन्।

शनिबार फेसबुकमा उनले चार बुँदामा आफ्ना भनाइ राखेकी हुन्।

‘पार्टीभित्रै रहनुभएका र मलाई विश्वास गर्नु हुने साथीहरूलाई म प्रति फैलाइएको अनर्गल र झुटा प्रचारको विरूद्ध सचेत गराउन केही कुरा भन्न चाहेँ,’ उनले भनेकी छन्।

श्रेष्ठले आफ्नाविरूद्ध गलत प्रचार गर्नेहरूले इमान कुन ठाउँमा मिल्काएर आएको हो भन्दै प्रश्न गरेकी छन्।…हामीलाई सुमनाले लाइभ आएर जंगी अड्डा जानबाट रोकिन् भनी मेरो विरूद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनभयो? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभएको हो र,’ उनले लेखेकी छन्।

व्यक्तिगत स्वार्थका लागि नैतिक धरातल र राजनीतिक मूल्य त्याग्नु अवसरवाद भएको भन्दै उनले लोकप्रियताका लागि मौन बस्ने वा दास मानसिकता देखाउने प्रवृत्तिलाई ‘हुतिहारापन’ को संज्ञा दिएकी छन्।

 

‘भ्रम र झुटको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परीक्षण हुने नै छ। लोकप्रियताको बुइ चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाइमा आफ्नो स्वाभिमान बन्धकी राखेका केही साथीहरू देख्नुपर्दा लालच र निरीहता उर्बराउने डर पलाएको छ। याद राख्नुस्—लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो। निरीहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो,’ उनले लेखेकी छन्।

 

जय भगवति मेलौली सुनचाँदी

उनले लेखेकी छिन ,पार्टि भित्रै रहनु भएका र मलाई बिश्वास गर्नुहुने साथीहरुलाई म प्रति फैलाईएको अनर्गल र झुठा प्रचारको विरुद्ध सचेत गराउन केहि कुरा भन्न चाहेँ।

 

1. अवसरवादको परिभाषा अर्कै हुन्छ भने फरक पर्ला तर व्यक्तिगत स्वार्थ र लाभको निम्ति आफ्नो नैतिक धरातल र राजनैतिक मूल्य मान्यताबाट च्यूत हुनु नै अवसरवाद हो भने, तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किन्छ कि फर्किँदैन? त्यहि प्रवृतिलाई मलजल दिएर नयाँ केपि, नयाँ शेर बहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाईदा देख्नु अवसरवाद हो कि होइन? त्यस प्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत? क्षणिक लोकप्रियता र केहि थान गाली बाट बच्न एक शब्द चुँईक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो कि त्यस्तो प्रवृति विरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो? म साथीहरुलाई प्रश्न गर्न चाहन्छु।

 

2. पार्टीको आधिकारिक धारण जस्तो गरि गल्ती भयो भनेर स्वीकार गर्ने तर कुनै कारवाहि नगर्ने तथा आचरण र प्रवृतिमा कुनै सुधार नगर्ने हो भने कुन मुखले पुरातनवादि दलहरुको विरोध गर्ने? नयाँ मालिक को नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने? सामान्य नेपाली नागरिकहरु अगाडि उभिएर हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन? एक चोटि आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस्।

 

3. प्रधान सेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हो। आन्दोलन शुरु हुनु अगाडि आन्दोलनरत युवा पुस्ताले कुनै राजनितिक पार्टिको झण्डा वा एजेन्डा बोकेर नआउनु भनि स्पष्टताका साथ भनिसकेको अवस्थामा Gen Z आन्दोलनमा हाम्रो सहभागिता देश प्रति निष्ठावान नागरिकको भन्दा बढि थिएन र हुनु हुँदैन थियो। सहादत प्राप्त गर्नुभएको ७४ नेपाली विर विरांगना, सयौँ घाईते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरि त्यतिबेला जंगी अड्डा धाउनु ‘दुर्गा प्रसाँई’ सँगै ऊभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो। हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरु र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला। यस्तो विषम परिस्थितिमा आफुले नगरेको संघर्ष र आफुले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनता विरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र ? हामीलाई सुमनाले live आएर जंगीअड्डा जानबाट रोकि भनि मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी ईमान कुन ठाँउमा मिल्काएर आउनु भो? नख्खुमा ईज्जत सँगै मानवता पनि जलाउनु भएको हो र?

 

4. भ्रम र झुठको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परिक्षण हुने नै छ। लोकप्रियताको बुँई चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाईमा आफ्नो स्वाभिमान बन्दगी राखेका केहि साथीहरु देख्नुपर्दा लालच र निरिहता उर्बराउने डर पलाएको छ। याद राख्नुस् – लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो। निरिहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो।

 

वैकल्पिक राजनितिमा आउनेहरुलाई सोध्न चाहन्छु – तपाईहरु राजनितिमा आफ्नो अलग पहिचान, देश बनाउने हुटहुटी र आफ्नो विशिष्टता राष्ट्र र सम्पूर्ण नेपालीहरु प्रति समर्पित गर्न आउनु भएको कि वैकल्पिक शेर बहादुरको लागि वैकल्पिक प्रकाश शरण वा वैकल्पिक के पि को लागि वैकल्पिक महेश बस्नेत बन्न आउनु भएको हो? यतिनै यक्ष प्रश्न सोध्दै र ईमानदार उत्तरको अपेक्षा गर्दै देश प्रति निष्ठावान र प्रतिबद्ध रहने वाचा गर्दछु।

 

-सुमना श्रेष्ठ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page