



काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टीकाको शुभसाइत रहेको छ ।
देवी विसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ ।




