Vutla
Laxmibhuwan sun chadi

पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिंदैछ : ओली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागेको आरोप लगाएका छन् ।आयल निगमको विकल्पमा निजी क्षेत्र ल्याउन सरकार आफै‌ं मोटो रकमको चलखेलमा लागेको पनि उनले आरोप लगाए ।सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधी सभामा शुक्रबार बोल्दै ओलीले भने, ‘आयल निगम ध्वस्त बनाएर त्यसको खर्बौंको व्यापारमा निजी क्षेत्र घुसाउन खोजिंदैछ । यसका लागि मोटो रकमको चालखेल भइसकेको छ, हुनेवाला छ भन्ने बजार हल्ला छ ।’आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला समेत झुक्याएर एउटा समूह त्यो कार्यमा लागेको स्मरण गर्दै ओलीलले पछि थाहा पाएपछि त्यसलाई निष्क्रिय बनाएको उनको दाबी थियो ।
इन्धन जस्तो अत्यवश्यक वस्तुमा निजी क्षेत्रले हड्ताल गरिदिए के हुन्छ भन्दै उनले निजीकरणको विरोध गरे ।अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि पहिलो आयोजना सकिएको र अन्य क्षेत्रमा पनि काम भइरहेको भन्दै उनले सहजतातर्फ अघि बढेको पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिएको उनको आरोप थियो ।
नेपाल आयल निगमको विकल्पमा अर्को कुनै निजी क्षेत्र आवश्यक नभएको भन्दै ओलीले यसमा खबरदारी गर्न जनतालाई आग्रह पनि गरे ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page