Vutlaxapu
Laxmibhuwan sun chadi

जिल्ला अस्पताल बैतडीमा मिनी ब्लड बैंक सञ्चालन हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: जिल्ला अस्पताल बैतडीमा हाल सम्म बिरामीलाई रगत अभाव भयो भने सेना–प्रहरीलाई गुहारिनु पर्ने अवस्था रहेको थियो।अब उक्त समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमै ब्लड बैंक स्थापना गर्ने तीव्र तयारी भइरहेको छ। ब्लडबैंक स्थापना भएपछि जिल्लामा सहजै सुरक्षित र व्यवस्थित रूपमा रगत उपलब्ध हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। रगत अभावका कारण उपचारमा समस्या देखिँदै आएकाले तत्काल प्रभावकारी व्यवस्था आवश्यक रहेको उनले बताए।

मिनी ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी, दशरथचन्द नगरपालिका र जिल्ला अस्पताल बैतडीबिच जिम्मेवारी बाँडफाँट गरिएको छ। नगरपालिकाले आवश्यक जनशक्ति उपलब्ध गराउनेछ भने उनीहरूलाई तालिम तथा प्राविधिक स्रोत–साधन जिल्ला रेडक्रसले व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ। ब्लड बैंक सञ्चालनका लागि आवश्यक उपकरण, सामग्री र स्थान भने जिल्ला अस्पतालले उपलब्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सम्बन्धित निकायले आफ्नो–आफ्नो जिम्मेवारी लिएको र केही दिनभित्र नै मिनी ब्लड बैंक सञ्चालनमा आउने गरी तयारी भइरहेको उनले बताए। जिल्लामा नियमित, ब्लड सङ्कलन हुन थालेपछि खपत नहुने रगतलाई डडेल्धुरा, धनगढी र कञ्चनपुरका ब्लड बैंकमा पठाइने व्यवस्था मिलाइने पौडेलले बताए। यसले रगत नष्ट हुने समस्या कम हुने र आन्तरिक सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page