Vutlaxapu
Laxmibhuwan sun chadi

म छुइ भएकी होइन. कविता : अम्बिका जोशी गोकुलेश्वर

छाउपडी प्रथाको जरो उखेल्नुपर्छ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

म छुइ भएकी होइन. कविता
&&&&&&&&&&
बा!
म गोठ जान्न
किनकी,
म छुइ भएकी होइन
रजस्वला भएकी हुँ
जो एक प्रक्रिया मात्र हो
शारीरिक बिकासको
मानौ,
तपाइको खुट्टाको नङ्ग बढे जस्तै
तपाइको टाउकोको कपाल,
गालाको दारी
ओठको जुँगा बढे जस्तै
तिनै नङ्ग,
तिनै दारी
तिनै जुँगा
बिस्तारै बिस्तारै फुले जस्तै।

जय भगवति मेलौली सुनचाँदी

अझ
यसो भनौ
आमाको गर्भबाट
धर्ती अवतरण पश्चात
बच्चाको दात उम्रीए जस्तै
उस्ले ताते ताते गरे जस्तै
बिस्तारै हिडन थाले जस्तै
हाँस्दै खेल्दै जवान भए जस्तै
जवानीले नेटो काट्दै गर्दा
बुढ्यौलीले आँख्लो हाले जस्तै
हो! य-यस्तै
शारीरिक संरचनाको बिकास

बिनासको कुरा मात्रै हो
तसर्थ
बा! म गोठ जान्न
म छुइ भएकी होइन
छुइ भएकी छैन
यो त प्रकृतीको बरदान हो बरु
नारी स्वरुपमा जन्मलिएकी
तपाइँकी छोरी
स्वास्थ भएको प्रमाण हो
शरिरलाइ नचाहिने भन्दा बेसी पानी
पसिना भए जस्तै
खाना बाट प्राप्त पौष्टिक तत्व बाहेकको
दिसा पिसा भए जस्तै
नारी प्रजननका अवाञ्छित हार्मोनहरु
अनावश्यक रक्त कोसिकाहरु
योनीद्वारबाट बाहिरिएको मात्र बा!
म छुइ भए भएकी होइन।

हो! यो सत्य हो
रक्तस्राव हुन्छ यतीबेला
सरसफाइमा ध्यान दिनुपर्छ
तर
म छुइ भएकी होइन
रजस्वला भएकी हुँ
यसर्थ
मलाइ अछुतको ब्यावहार नगरियोस
म छुइ भएकी होइन
म गोठ जान्न बा!
म छुइ भएकी होइन।
म छुइ भएकी होइन।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page