Vutla
Laxmibhuwan sun chadi

युक्रेन युद्ध: किभएसहित धेरै शहरमा भएका रुसी ‘निर्मम’ हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय जगतद्वारा निन्दा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

असोज २६ रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ। 

अमेरिकाले ती “निर्मम” हमलाहरू गैर सैनिक निशानाहरू गरिएको जनाउँदै सैन्य सहायता जारी रहने बाचा गरेको छ।
जसमा एउटा विश्वविद्यालय र बालबालिकाको खेल मैदान समेत छ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले आफू “स्तब्ध”मा परेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती हमलाहरू रुस-क्राइमिया जोडिने मुख्य पुलमा शनिवार भएका विस्फोटनको जवाफ बताएका छन्।

जय भगवति मेलौली सुनचाँदी

युक्रेनले त्यस घटनामा आफ्नो भूमिकाबारे कुनै पुष्टि गरेको छैन।

युक्रेनका अनुसार ८३ वटा क्षेप्यास्त्रहरू प्रहार गरिएकामा ४३ वटालाई निष्क्रिय पारिएको थियो। एउटा भिडिओमार्फत् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “युक्रेनलाई त्रसित हुन नसक्ने। यो थप एकताबद्ध मात्र हुने” बताएका छन्।
लभिभ, खार्किभ, डिनिप्रो र जापोरिजामा भएका ती घातक प्रहारहरू युक्रेनले हालैका महिनामा देखेका सबैभन्दा खराबमध्येका हुन्।
अधिकारीहरूले कम्तीमा १४ जना मानिसहरू मारिएको र २० जनाभन्दा धेरै घाइते भएको जनाएका छन्।

ऊर्जा सम्बन्धी पूर्वाधारमा क्षेप्यास्त्रहरू प्रहारसँगै कैयौँ क्षेत्रमा विद्युत् र पानीको आपूर्ति रोकिएको छ।#BBC

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page