Vutlaxapu
Laxmibhuwan sun chadi

भारतको गुजरातमा पुल भत्किँदा मर्नेको सङ्ख्या १३२ पुग्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कार्तिक १४ गुजरातको मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ । माच्छु खोलामा बनेको शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा यस दुर्घटनामा पुलमा रहेका धेरै मानिस नदीमा खसेका थिए ।गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति अबेरसम्म राहत र उद्धार कार्य जारी रहेको तर धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिएका थिए । सोमबार बिहान सांघवीले मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको बताएका छन्।यसअघि राति अबेर राति राजकोटका भाजपा सांसद मोहनभाई कल्याणजी कुण्डरियाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका समेत गरेका थिए । १५ मिनेटमै ५० भन्दा बढी एम्बुलेन्स घटनास्थल पुगेको कुण्डरियाले बताए।
यो पुल वर्षौँदेखि बन्द थियो । यो भर्खरै मर्मतसम्भार पछि जनताको लागि पुनः खोलिएको थियो। यो नयाँ पुल गुजराती नयाँ वर्षमा दीपावली पछि खोलिएको थियो। दीपावलीको बिदा र आइतबारका कारण पुलमा मानिसको भीड लागेको थियो । यद्यपि यो शताब्दी पुरानो पुल के कारणले ढल्यो भन्ने कारण भने खुल्न सकेको छैन । पुल भत्किनुको कारणबारे अनुसन्धान गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page