Vutla
Laxmibhuwan sun chadi

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसद बैठकमा विश्वासको मत लिने भएका छन्।

संघीय संसद सचिवालयका महासचिवलाई सोमबार पत्र पठाउँदै प्रचण्डले पुस २६ गतेको बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन पुस २५ गतेका लागि आह्वान गरेकी छिन्।

पुस २६ गते बस्ने बैठकमा प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। उनले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।

संविधानको धारा ७६(२) बमोजिम नेकपा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। यसरी नियुक्त प्रधानमन्त्रीले संसदबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page