


बैतडी – गैरसकारी संस्था महासंघ बैतडी शाखाको अध्यक्षमा पदमराज अवस्थी चयन भएका छन् । शनिबार जिल्लाको गोठालापानीमा संस्थाको ९ औं जिल्ला अधिवेशन र २२ औं साधारणसभाबाट अध्यक्षमा अवस्थी चयन भएका हुन् ।

संस्थाको उपाध्यक्षमा हरिप्रकाश लोहार , सचिवमा राधिका भट्ट, सहिसचिवमा दीपकहादुर ऐर, कोषाध्यक्षमा शेरसिह कार्की र सदस्यमा दिपा , अम्वादत्त अवस्थी, विस्ना चन्द , धनपति ऐर र मनिसा चन्द सर्वसम्मत चयन भएका निवर्तमान अध्यक्षम गोविन्दराज जोशीले बताउनुभयो । अध्यक्षमा निर्वाचित अवस्थीले आफ्नो कार्यकाल गैर सरकारी संस्थामा आवद्ध नभएका संस्थाहरुलाई आवद्ध गर्ने बताउनुभयो । अध्यक्ष अवस्थीले हाल बैतडी शाखामा ८६ ओटा संस्था आवद्ध रहेको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार बैतडीमा हाल सम्म ८ वढी संस्थाहरु दर्ता रहेका छन् । ति मध्ये अधिकांश संस्था संग आवद्ध हुन बाँकी रहेको बताइएको छ ।




