Vutla
Laxmibhuwan sun chadi

बैतडीमा प्रकोपका रुपमा फैलियो लम्पी स्कीन,किसान चिन्तीत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा लम्पी स्कीनले प्रकोपको रुप लिएको छ । गत मंसिरमा मेलौली र पाटन नगरपालिकामा देखा परेको पशु चौपायामा लाग्ने लम्पी स्कीन रोग अहिले सबै पालिकामा फैलिएको हो ।

केहीदिन यता लगातार किसानहरुले पालेका पशुचौपाया मर्न थालेका छन।यो रोग लागेपछि र्याल काढ्ने, छालामा गिर्खा आउने, अगाडीका खुट्टाहरु सुनिने, फोकाहरु निस्कीने र फोकाहरु पुट्ने लगायतका लक्षणहरु देखीने र पछि पशुचौपायाहरु मर्ने गरेका पाइएको छ । लगातार पशु चौपायाहरु लम्पी स्कीनका कारण मर्न थालेपछि किसानहरु चिन्तीत बनेका छ्न् ।

लम्पी स्कीन बैतडीका पाटन नगरपालिका, मेलौली नगरपालिका सहित शिवनाथ, सिगास, सुर्नया र दोगडाकेदार गाउँपालिकामा प्रकोपको रुपमा फैलिएको छ । सुर्नया गाउँपालिकामा लम्पी स्कीनका कारण १२ पशु चौपायाहरु मरेका र २४० पशु्चौपायामा संक्रमण पुष्टि भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख शरद प्रशाद पन्तले जानकारी दिनुभयो । ‘लम्पी स्कीन अहिले प्रकोपको रुपमा फैलिरहेको छ’ उहाँले भन्नुभयो ‘यसका कारण मरेका र संक्रमण देखीएका पशुहरुको तथ्यांक अझै बढ्न सक्छ ।’

 

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको सिगास गाउँपालिकामा पनि महामारीका रुपमा लम्पी स्कीन फैलिएको छ । पालिकाका सबै वडा र टोलहरुमा यो रोगको संक्रमण देखा परेको पशु सेवा शाखाका प्रमुख गणेश बोहराले जानकारी दिनुभयो । ‘पशु चौपायामा देखीने यो रोग माहामारीकै रुपमा फैलिएको छ, पालिकाले सबै वडाहरुबाट तथ्यांक संकलनको काम गरीरहेको छ’ उहाँले भन्नुभयो ।

 

सुरुमा एक दुई ठाउँमा मात्रै देखापरेको लम्पी स्कीन अहिले प्रकोपको रुपमा फैलिन थालेको थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका निमित्त कार्यालय प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । ‘पहिलो पटक पाटन र मेलौलीमा देखीएको थियो, अहिले जिल्लाका ६ पालिकामा प्रकोपको रुपमा फैलिरहेको छ’ उहाँले भन्नुभयो ।

 

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका डाक्टर विसाल पाठकले यो रोग लागेपछी पशुहरुमा उच्च ज्वरो आउने, ५० देखी ८० प्रतिशत दुध उत्पादन घट्ने, पशुहरुको शरीरको तल्लो भाग सुन्नीने, गिर्खाहरु देखिने, व्याउने पशुहरु तुहिने तथा बाझोपन देखीने समस्या रहेको बताउनुभयो । ‘यो भाइरसबाट सर्ने रोग हो । यसको खोप नेपालमा उपलब्ध छैन्, खोप परिक्षणको क्रममा रहेको छ । यसका लक्षणहरुको उपचार गर्ने गरेका छौँ उहाँले भन्नुभयो’

 

लम्पी स्कीन रोगको प्रकोप लामखट्टुे, झिंगा तथा किर्नाको टोकाइबाट हुने गरेको भेटेरेनरी अस्पतालले जनाएको छ । उक्त रोग दार्चुला जिल्लाका पनि केहि ठाउँमा देखिएको किसानहरुले बताएकाछन् । लम्पी स्कीनको संक्रमण फैलन नदिन लामखुट्टे, झिंगा र किर्नाको टोकाईबाट पशुहरुलाई बचाउनु पर्ने डाः पाठकको भनाई छ । पशुहरुमा समस्या देखिएमा पशुसेवा विज्ञ केन्द्र वा पशु प्राविधिकलाई सम्पर्क गर्न उनको आग्रह छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page