Vutlaxapu
Laxmibhuwan sun chadi

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस बैतडीमा पनि मनाइयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

प्रकाश भट्ट,बैतडी -बैतडीमा पनि जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइएको छ । आज एक कार्यक्रमका बीच जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइएको हो।

दशरथचन्द नगरपालिकाको सभा हलमा अन्तरक्रियात्मक कार्यक्रम गरीएको अन्तरक्रियाका सहभागीले बताए।

 

जय भगवति मेलौली सुनचाँदी

दशरथचन्द नगरपालिका–८ की सोभा महरले दलित समूदायका व्यक्तिहरुलाई गैर दलितले विगतमा बिभेद गर्ने बताइन् । ‘अहिले पनि दलितहरु जतिनै बुढो भएपनी गैर दलितका बालकहरुले तँ भनेर बोल्ने प्रचलन हटेको छैन्, जातीय विभेदकै कारण दलितहरु गाउँठाउँमा दैनिक कुटिनुपर्ने अवस्था छ, तर डरले मुद्धा कसैलेपनि हाल्दैनन् ।,’उनले भनिन् ।

 

दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य प्रेम दयालले जनप्रतिनिधिहरु बाटै सार्वजनिक कार्यक्रममै विभेद हुने गरेको बताए । ‘हाम्रै कार्यपालिकाको बैठकमा केहि गैर दलित जनप्रतिनिधिहरु पानी समेत पिउदैनन् । दलित जनप्रतिनिधिलाई बैठकमै होच्याएर बोलि व्यवहार गर्ने गरिन्छ ।,’उनले भने ।

 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कसैलाई कुनैपनी प्रकारका विभेद भएको खण्डमा उजुरी गर्न आह्वान गरे । जातीय विभेद विरुद्धका अभियानले सफलता पाउदैँ गएको उनले बताए । नेपालको संविधानमै भएको व्यवस्थाका कारण केहि परिवर्तनका परिणाम देखिएको उनको भनाई छ । हिजोका दिनमा बालिघरे बस्ने व्यक्ति अहिले जनप्रतिनिधि हुनु गणतन्त्रको उपलब्धीको रुपमा लिन सकिने उनको भनाई छ ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व प्रदेश सांसद लिलाधर भट्टले जातीय विभेद तथा छुवाछुतको अन्त्यका लागि सबैले एकजुट हुनुपर्ने बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page