Vutlaxapu
Laxmibhuwan sun chadi

प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो: ओली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ होइन राजीनामा चाहिएको बताएका छन्।

 

संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताए।

 

जय भगवति मेलौली सुनचाँदी

‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ उनले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो। उहाँबाट साह्रै भएन।’

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन गर्दै उनले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको बताएका थिए।

 

त्यही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलहरूले बुधबार प्रतिनिधि सभा बैठक अवरोध गरे।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page