


बैतडी -बैतडीको श्रीकोटमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
दुर्घटनामा जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् ।

महाकाली राजमार्ग अन्तरगत गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जिप गएराति पौने १२ बजे दुर्घटना भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ भने, सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
जिपमा चालक र सहचालक मात्रै सवार थिए । सडकबाट १०० मिटर तल खसेको जिप दुर्घटनाको कारण खुल्न सकेको छैन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




