Vutlaxapu
Laxmibhuwan sun chadi

नगरकै समुद्ध वडा निर्माण गर्छौ : अध्यक्ष खडायत

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, प्रकाश भट्ट -शैल्यशिखर नगरपालिका वडा नं १ का वडा अध्यक्ष भरत वहादुर खडायतले वडा नं १ लाइ नगरपालिकाकै नमुना वडा वनाउन लागिपरेको बताए। उहाँले वडा भित्र खानेपानिको चरम समस्या रहेको र एक घर एक धारा अभियान सन्चालन गरि एक बर्षभित्रमा ८०% घरधुरीमा पानी पुगाउन सफल भएको बताए। यस्तै बाकि रहेका बस्तीहरुमा आर्थिक बर्षभित्रै खानेपानि पुगाउने लक्ष्य रहेको बताए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै अध्यक्ष खडायतले बैतडीबुलेटी सँगको कुराकानीमा जेष्ठ नागरिकलाई सम्मान, धार्मिक पर्यटकीय पथमार्ग निर्माण,कृषिमा आत्मनिर्भर, बेरोजगार युवाहरुलाई विकाशमा केन्द्रित गराउने,ब्यबसाय तर्फ आकर्षित गर्ने, शिक्षाको गुणस्तरमा सुधार ल्याउन आगामि आर्थिक बर्षमा निसुल्क लोकसेवा तयारि कक्षा सञ्चालन गर्ने ,साथै प्रतेक बस्तिहरुमा सडक सन्जाल पुगाउने लक्ष्य रहेको बताए।

यस्तै आफ्नो कार्यकालमा समृद्ध वडा निर्माण गर्नु आफ्नोे दायित्व भएको र त्यो पुरा हुने बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page