गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

एमालेले प्रतिनिधि सभा बैठक अवरोध जारी राख्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

माघ २५ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।नेता भट्टराईले प्रमुख प्रतिपक्षकै कारण सरकारले स्थानीय तहको मिति तोक्न बाध्य भएको भन्दै एमालेले अपनाएको नीति मुलुकको राजनीति र देशलाई समेत सही दिशामा लैजान महत्त्वपूर्ण भएको दाबी गरे । ‘एक वर्षपछि मात्रै चुनाव गर्नु भन्ने सत्ता पक्षलाई बेलैमा गर्ने बनाएको एमालेले नै हो’, नेता भट्टराईले भने, ‘प्रमुख प्रतिपक्ष नभएको भए स्थानीय तहको चुनाव तोकिदैन थियो ।’उनले सत्तारुढ दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको धारा २२५ अनुसार अर्को साल मात्रै गर्ने भनेको भन्दै एमालेकै दबाबका कारण यही वैशाखमा स्थानीय तह चुनावको मिति तोक्न सरकार बाध्य भएको बताए । ‘यो चुनावको मिति तोक्ने र चुनाव हुने ठाउँमा कसले ल्यायो त ?’, भट्टराईको प्रश्न छ ।उनले प्रमुख प्रतिपक्ष दल एमालेले सबै पार्टीलाई लाइनमा ल्याउँदै संविधानलाई समेत ट्रयाकमा ल्याएर मुलुकलाई अगाडि बढाउने दाबी समेत गरे । सरकारले चुनावको मिति तोकिसकेकाले अव एमालेको ध्यान र गतिविधि चुनावतर्फ केन्द्रित हुने बताए ।  #रा

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page