Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा सितोरियो कराते जुनियर बेल्ट ग्रेडिङ उद्घाटन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म मा.बि मा पहिलो चरणको सितोरियो कराते जुनियर बेल्ट ग्रेडिङ समारोह उद्घाटन गरिएको छ। नेपाल कराते महासंघ जिल्ला अधक्ष्य राज बहादुर कार्कीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख अतिथि रहेका थिए। यस्तै बिशिष्ट अतिथिमा सितोरियो कराते प्रदेश प्रमुख बिमल खडायत, बैतडी जिल्ला खेलकुद विकास समिती अध्यक्ष चमन भण्डारी, सुदुरपश्चिम कराते महासंघ कमिटी सदस्य ओम प्रकाश पन्त रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले खेदकुद क्षेत्रमा परिवर्तन ल्याउन आवश्यक रहेको भन्दै सितोरियो कराते पालिका भरिका सबैजसो माध्यमिक विद्यालयहरुमा सन्चालन गर्नुपर्ने बताए। समाजमा हत्या हिंसा बलत्कार जस्ता जघन्य अपराधलाई नियन्त्रण गर्न आत्मरक्षा, सितोरियो कराते जस्ता खेलकुदहरु बिस्तार गर्नुपर्ने बताए।

यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि सितोरियो कराते प्रदेश प्रमुख बिमल खडायतले सितोरियो कराते जस्ता खेलकुदहरुबाट मानिसमा आत्मबल बढ्ने,आत्मरक्षामा दखल बनाउने हुनाले सबैको आकर्षण बढाउनुपर्ने बताए। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकालागी खेलकुद भन्ने मुल नाराका साथ दोगडाकेदार कराते डोजोको आयोजनामा सनातन धर्म माध्यमिक विद्यालयमा ३ महिना अघिदेखि कार्यक्रम सन्चालन गरिएको छ। प्रशिक्षणमा ५४ जना परीक्षार्थीहरु सहभागी छन। उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा नरेन्द्र कार्कि रहेका छन्।

 

 

 

 

 

 

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page