Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा गाउँलेले भत्काएको घरको जमिन सार्वजनिक भएको पुष्टि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बझाङको बित्थडचिर गाउँपालिका–७ मा करण ओखेडाले बनाउँदै गरेको घरको जमिन सार्वजनिक जग्गा भएको जिल्ला मालपोत कार्यालयको रिपोर्टले पुष्टि गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार मालपोत कार्यालयको टोलीले नापजाँच गर्दा घर बनाउँदै गरेको उक्त जमिन सार्वजनिक भएको पुष्टि भएको हो।

 

जय भगवति मेलौली सुनचाँदी

यही साउन ११ गते बित्थडचिर गाउँपालिका–७ मा करण ओखेडाको परिवारले बनाउँदै गरेको उक्त घर गाउँलेले भत्काएका थिए। गाउँलेहरूले सार्वजनिक जमिनमा घर बनाएको भन्दै जातीय विभेद गरेर घर भत्काएको ओखेडाको परिवारको आरोप छ।

 

सार्वजनिक जग्गा भए पनि यसरी कानूनविपरीत अभद्र तरिकाले घर भत्काउने काम गरेको भन्दै घटनापछि प्रहरीले तीन जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

 

गाउँलेले कानुन हातमा लिएर गरेको काम अपराध भएकोले उनीहरूविरूद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएर कानुनी प्रक्रियामा अघि बढिरहेको डिएसपी भण्डारीले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page