Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा आँखा पाक्ने रोगको प्रकोप फैलियोे, सावधानी अपनाउन चिकित्सकको आग्रह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिममा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको प्रकोप सघन रुपमा फैलिएको हो। प्रदेशका अन्य जिल्लासहित देशैभर फैलिएको आँखा पाक्ने समस्या एडिनो भाइरसको संक्रमणले भएको चिकित्सकहरुले बताएका छन्।आँखा पाक्ने समस्या समान्यतया ५ देखि ७ दिनमा निको हुने भए पनि ब्याक्टेरियाको समेत संक्रमण भए आँखामा गम्भीर समस्या आउन सक्ने चिकित्सकको चेतावनी छ। आँखा पाक्ने समस्या आए सावधानी अपनाउन गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले आग्रह गरेका छन्। साथै चिकित्सकको सल्लाहबिना जथाभावी औषधको प्रयोग नगर्न समेत चिकित्सकले सुझाएका छन्।

जय भगवति मेलौली सुनचाँदी

अहिले सुदूरपश्चिमसहित देशका अन्य भाग र छिमेकी मुलुकमा पनि आँखा पाक्ने समस्या फैलिएको छ,’ उनले भने, ‘अरु वर्ष छिटपुट देखिने आँखा पाक्ने समस्या अहिले धेरै देखिएको छ।’ आँखा पाक्ने रोगमा आँखा रातो हुने, आँखामा चिप्रा लाग्ने, परेली सुनिने, आँखा पोल्ने, बिझाउने र असजिलो हुने लक्षण देखा पर्छन्। परिवारमा एक जनालाई भयो भने अन्य सदस्यलाई सर्ने सम्भावना उच्च रहन्छ।

अन्यलाई संक्रमण नसरोस भनेर बारम्बार साबुन पानीले हात धुने, बिरामीले प्रयोग गरेको रुमाल, सिरानी, तन्ना र अन्य कपडा प्रयोग नगर्ने र आँखामा समस्या भएको व्यक्तिले भिडभाडमा जान नहुने डाक्टर पन्तले बताए। ‘आँखा पाक्ने समस्या आए समयमै उपचार गर्ने र अरुलाई सर्न नदिन सावधानी अपनाउनु पर्छ। भाइरससँगै ब्याक्टेरियाको संक्रमण भए निको हुन समय लाग्छ।आँखा पाक्ने समस्या भए हेलचक्र्याई गर्न नहुने नेत्र रोग चिकित्सकले बताएका छन्। आँखामा समस्या देखिना साथ उचित परामर्श र औषधि लिन समेत चिकित्सकको आग्रह छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page