
एमालेले उम्मेदवारको रुपमा अगाडि सार्यो भने पछि हट्दिनँ
केपी शर्मा ओलीको व्यक्तित्वबाट धेरै प्रभावित छु : करिश्मा मानन्धर




फागुन २८ पछिल्लो समय पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले अन्ततः यसै विहीबार नेकपा एमाले प्रवेशको निर्णय लिएकी छन् । राजनीतिमा आफ्नो झुकाव रहेको र राजनीतिमा लाग्ने यो सही समय भएको बताउने नायिका मानन्धर राजनीतिका लागि कुनै न कुनै पार्टी चाहिने भएकोले एमाले रोजेको बताउँछिन् । यसअघि उनी डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् । केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि राजनीति गर्ने भन्दै एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् । उनलाई एक कार्यक्रम सहित पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ ।



