Vutlaxapu
Laxmibhuwan sun chadi

एमसीसी पारित भए सत्ता गठबन्धन टुट्छ ?

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

करिब ५५ अर्ब रुपैयाँ बराबरको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाको बहुमतबाट पारित गर्ने कि नगर्ने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्ने र बहुमतबाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । तर, आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसबाहेक गठबन्धनका सहयात्री दलहरू यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिए ।एमसीसी सम्झौतामा आजभन्दा ४ वर्षअघि नेपाली काँग्रेस र माओवादीको संयुक्त सरकार भएका बेला हस्ताक्षर भएको हो । अहिले पनि काँग्रेस र माओवादीकै गठबन्धन सरकार छ । यसलाई यही डिसेम्बरमा संसदले अनुमोदन नगरेमा सहयोग फिर्ता लैजाने अमेरिकाले चेतावनी दिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल यो सम्झौतालाई चाँडोभन्दा चाँडो संसदको बहुमतले पारित गर्नुपर्छ भन्ने अडानमा छन् । तर, प्रधानमन्त्री देउवा एमसीसी पारित हुनुपर्ने पक्षमा रहे पनि गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने यथास्थितिमा पारित गर्न नहुने पक्षमा छन् । सत्ता गठबन्धनमा रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीबारे मौन देखिएका छन् भने अर्का नेता डा. बाबुराम भट्टराईबाट चाहिँ एमसीसी पारित हुनुपर्ने पक्षमा अभिव्यक्ति आइरहेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page