Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वरमा करिब २ वर्षदेखि बिधालय भवनमा लगाइएको ताला खुल्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. १ मा रहेको गडदेव आधारभुत विद्यालयको ताला खुलेको छ । करिब २ वर्षदेखि नवनिर्मित भवनमा लगाइएको ताला खुलेको हो ।

गाउँपालिका जनप्रतिनिधि, प्रशासन र अभिभावकले एक कार्यक्रमका शनिबार ताला खोलेका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

विद्यालयको नयाँ भवन निर्माण गर्दा सम्झौता रकम भन्दा बढी लगानी लागेको र त्यो लगानी नपाउँदा सम्म ताला नखोल्ने निर्माणको जिम्मा पाएका केशव सिंह घटालले अडान राख्दै आएका थिए ।

पटक पटक जनप्रतिनिधिहरुले मौखिक सम्झौता गर्ने तर भुक्तान िनदिने गरेको भन्दै तालाबन्दी जारी राख्दै आएका थिए ।

गाउँपालिकाले २०७८।०७९ मा विद्यालय व्यवस्थापन संग ३६ लाखमा राष्ट्रपति शैक्षिक सुधार अन्तरगतको ४ कोठे भवनको लागि सम्झौता गरेको थियो । उक्त भवन निर्माणको जिम्मा पाएका केशव सिंह घटालले ६७ लाख लागत लागेको बताएका छन् । गाउँपालिकाले भने ५८ लाख लागत लागेको भन्दै सोही अनुसारको एमबी उठाएको छ । तर भुक्तानी भने ३६ लाख मात्रै भएको छ ।

प्राविधिक मुल्यांकन अनुसारको रकम भुक्तानी गाउँपालिकाबाट गराईदिने र अवकादिनमा ताला नलगाउन भवन निर्माणकर्ता स्थानीय केशव घटाललाई गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले आग्रह समेत गरेका छन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page