Chandramani sun chadi
Laxmibhuwan sun chadi

एमालेलाई समाप्त हुन नदिन संसद् विघटन गर्नुपर्‍यो’

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
Nagarjun mauri palan

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद् विघटन गर्नुपरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताएका हुन् । पार्टीका काठमाडौँ जिल्ला कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरे । दक्षिणपन्थी शक्तिहरूको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरूलाई बुझाइसकेको अवस्थामा हुने ओलीको भनाई थियो ।

सम्पुर्णता सुनचाँदी गहना पसल

उनले भने, ‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दा खेरी म छक्क पर्छु । पुस ५ गते अरू सबै ठिकै थियो । पुस छ गते संसद् चाहिँ भङ्ग नगरेको भए हुन्थ्यो । संसद् भङ्ग किन गर्नुपर्‍यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौँ । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्‍याएका थियौँ । झन्डै दुई तिहाइको स्थिति हामीले बनाएका थियौ । पार्टी भित्रैबाट बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडलो मच्चाएर बुरुकबुरुक उफ्रिएको छ । बैठक बैठक जस्तो हुँदैन । चलाई सक्नेछैन । विकास, निर्माणको काम भएको छ । अरू काम भएको छ । पुनर्निर्माणको काम भएको छ । सबै कामहरू भएको छ । तर देख्दैन

उनले थपे, ‘आज पनि उफ्रिएको छ, भोली पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरी कुरा ठुलो गर्‍या छ । त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउँदैन थियौँ हामीले । यो अन्तै लगेर बुझाई सकेको हुन्थ्यो । दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो । अनि तपाईंहरूले देख्नु भएन ? नवौँ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजबुत हैसियतमा पुर्‍याएको छ । सबभन्दा ठुलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाइको मजबुत शक्ति बनाएको छ ।

अध्यक्ष ओलीले पार्टीले मिनी–२०८४ लाई सफल बनाउने लक्ष्य लिएको र त्यसलाई सार्थक बनाउनका लागि पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न पनि सचेत गराए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page