



बैतडी: चैत्र १० एमाले दोगडाकेदारले वार्ड नं ३ मा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। वार्ड कमिटी संयोजक करन भुल को अध्यक्षतामा बसेको कार्यक्रममा एमाले जिल्लाकमिटी सचिव एवं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की प्रमुख अतिथि रहनुभएको थियो।यस्तै बिषिष्ट अतिथिमा एमाले जिल्ला सचिवालय सदस्य तथा दोगडाकेदार गांउपालिका इन्चार्ज जनक चन्द रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्किले दोगडाकेदार गांउ पालिकामा एमालेले बहुमत ल्याउने दाबि गर्नु भएको छ। प्रतिपक्षीलाइ एमालेसंग लड्न हिम्मत नभएको बताए। सरकारले गरेका राम्रा कामहरुका बारेमा जनताहरु सचेत भएकोले बहुमत ल्याउने कुरामा संका नगर्न आग्रह गरेका छन्। सरकारले गरेका राम्रा कामहरुको जानकारि सहित जनताको घरदैलोमा जान कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि चन्द ले दोगडाकेदारमा एमाले सरकार जनताको पृय सरकार बनेको बताउनुभयो। सुखि नेपालि समृद्ध नेपालको अभिभारा बोकेको एकमात्र पार्टी एमाले रहेकोले सम्पुर्ण कार्यकर्ता हरुले स्थानिय तहको निर्वाचनमा एकजुट हुनुपर्नेमा जोड दिएका छन्। जनताहरुमा भ्रम छर्ने हरुलाइ कुनैपनि हालतमा नछाड्न कार्यकर्ता हरुलाइ निर्देशन दिएको जानकारि एमाले दोगडाकेदार गांउ कमिटी सचिव कमल भुल ले जानकारि दिएका छन्।पछिल्लो अवस्थामा एमाले दोगडाकेदारले कार्यकर्ता प्रशिक्षण कार्यक्रमहरुलाइ तिब्रता दिएको छ।




