Vutlaxapu
Laxmibhuwan sun chadi

एकैपटक २१ सचिवको सरुवा, को कहाँ?

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ —नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । बैठकले अर्थ, सञ्चार, उर्जा, संघीय मामिला, अख्तियारगायतका अति महत्वपूर्ण मन्त्रालय र आयोगहरुमा सचिव परिवर्तन गरेको छ ।

राजनीतिक समीकरण बदलिएर प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा कांग्रेस–एमालेको संयुक्त सरकार बनेको दुई सातापछि सचिवहरु परिवर्तन गरिएको हो । मन्त्रिपरिषद् स्रोतका अनुसार अर्थ सचिवमा रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ । उनी अर्थमा राजस्व सचिवको रुपमा कार्यरत थिए ।

राजस्व सचिवमा भने वाणिज्य मन्त्रालयबाट दिनेशकुमार घिमिरेलाई ल्याइएको छ । अर्थ सचिव मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सञ्चार सचिवमा उपराष्ट्रपति कार्यालयमा रहेकी राधिका अर्याललाई ल्याइएको छ । उनी पहिलो महिला सञ्चार सचिव बनेकी छन् ।

जय भगवति मेलौली सुनचाँदी

शक्तिशाली मन्त्रालयको रुपमा रहेको गृह मन्त्रालयमा एकनारायण अर्याललाई यथावत राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मन्त्रालयमा भरतमणि सुवेदीलाई लगिएको छ । उनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा थिए ।

राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनी पूर्व अर्थ सचिव हुन् । भूमिका गोकर्णमणि दुवाडीलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गरिएको छ भने उर्जा आयोगका केशवकुमार शर्मा बिडारीलाई भौतिक मन्त्रालयको सचिव बनाइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ । नेपाल ट्रष्टमा रहेकी प्रमिलादेवी बज्राचार्यलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने सतर्कता केन्द्रमा रहेका रामआधार साहलाई नेपाल ट्रष्टमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमा रहेका नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । मधुसुधन बुर्लाकोटीलाई वाणिज्य सचिवमा सरुवा गरिएको छ । उनी प्राकृतिका स्रोत तथा वित्त आयोगमा थिए ।

लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । लोकसेवामा राष्ट्रपति कार्यालयबाट डिल्लीराम शर्मालाई पठाइएको छ भने श्रम तथा रोजगार मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियारको सचिवमा पठाइएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page