



बैतडि: चैत्र १६राष्ट्रिय युवा संघ नेपाल दोगडाकेदारले चैत्र १७ अर्थात् भोलि वार्ड नं ३ र ७ को राष्ट्रिय युवा संघ नेपालको संयुक्त भेला आयोजना गर्ने भएको छ। राष्ट्रिय युवा संघ दोगडाकेदार कमिटीको आयोजनामा हुने सयुक्त भेलामा एमाले जिल्ला कमिटी सचिव एवं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस्तै राष्ट्रिय युवा संघमा आवद्ध जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने राष्ट्रिय युवा संघ नेपाल दोगडाकेदार गाउँपालिका पुर्ब संयोजक मनोजकुमार महराले जानकारी दिएका छन्। श्रीकोट बहुमुखी क्याम्पसको खेलमैदानमा हुने भेलामा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा सहभागिता हुने र स्थानीय तहको चुनाव केन्द्रित रणनीति तयार पारिने बुझिएको छ।




