



बैतडी -बैतडीको सिगास गाउँपालिका ८ मा रहेको शिवलिंग स्वास्थ्य चौकीमा अनलाईन चिकित्सकीय सेवा सेवा सुचारु गरिएको छ। सिगास गाउँपालिका र स्मार्ट हेल्थ ग्लोबलबीचको साझेदारीमा शिवलिंग स्वास्थ्य चौकी मार्फत अनलाईनका माध्यमबाट चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध भइरहेको हो ।
सम्बन्धित बिरामीेले स्वास्थ्य समस्याबारे सिधै अनलाइन परामर्श गर्ने सक्नेछन् ।
यस अन्तरगत चिकिन्सकीय परामर्श, आवश्यक प्रेस्क्रिप्सन, मुटुको इसिजी तथा मुटु र फोक्सोको हालचाल तथा गति मापन लगायतका सेवा सञ्चालन गरिएको शिवलिंगस्वास्थ्य चौकीका इन्चार्ज भिमसिंह ऐरीले जानकारी दिए ।




