Vutlaxapu
Laxmibhuwan sun chadi

पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुल्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -पहिरोका कारण अवरुद्ध महाकाली राजमार्ग खुलेको छ । दोगडाकेदार गाउँपालिका–५ सलसेना भीरमा बुधवार दिउँसो साढे २ बजे खसेको पहिरोले अवरुद्ध महाकाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भीरमा बुधवार दिउँसो साढे २ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए।

प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार अनुसार स्थानीय तहसँग समन्वय गरेर पहिरो पन्छाइएको हो। सड्क सञ्चालनमा आएसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page