



बैतडि: चैत्र २४ स्थानीय तहको निर्वाचनमा बैतडीको पाटन नगरपालिकाको मेयरका लागि एमालेबाट पाँच जना आकांक्षी देखिएका छन् । मेयर पदका लागि भन्दै ५ जनाले आकांक्षा देखाएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताउनुभयो ।
आकांक्षीहरुबीच सहमतिका लागि छलफल भईरहेको उहाँले बताउनुभयो । पाटन नगरपालिकाको मेयरका लागि एमालेबाट जिल्ला उपसचिव लोकेन्द्र भण्डारी, एमालेका पाटन इन्चार्ज देवेन्द्र कुँवर, प्रदेश कमिटि सदस्य धर्मानन्द भट्ट र नारायण भण्डारीले दाबी प्रस्तुत गरेका छन् ।आकांक्षीहरुको नाम पार्टीमा आएको र सर्वसम्मत उम्मेद्वार बनाउने हिसाबले पार्टीमा छलफल शुरु भएको उपसचिव भण्डारीले बताए । एक दुई दिनभित्रै उम्मेद्वारको टुंगो लाग्ने उनले दाबी गरे ।




