



बैतडी -बैतडीको दोगडाकेदार गाउँपालीकाको एक मात्रै क्याम्पस श्रीकाेट बहुमुखी क्याम्पसमा विधालय गुणस्तर सुधारका लागी विधालय नेतृत्वको भुमिका सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।शुक्रबार क्याम्पस संचालक समिती अध्यक्ष जयदेव जोशीको अध्यक्षतामा सुरु भएको गोष्ठीमा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए।दुई दिने कार्यशाला गोष्ठीमा शिक्षाविद डा• बिद्यानाथ कोइराला र डा•शुरेन्द्र घिमिरेले विधालय गुणस्तर सुधारका लागी विधालय नेतृत्वको भुमिका सम्बन्धि प्रशिक्षण दिएका थिए।
गोष्ठीमा दोगडाकेदार गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विधालयका प्रधानाध्यापक र विधालय व्यवस्थापन समिति अध्यक्षहरुको सहभागीता रहेको थियो।क्याम्पसले आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीमा प्रधानाध्यापक र विधालय व्यवस्थापन समिति अध्यक्षहरुको सहभागीताले विधालयको गुणस्तर सुधार हुने अपेक्षा राखिएको क्याम्पस प्रमुख दान सिंह कार्कीले बताए।




