Vutlaxapu
Laxmibhuwan sun chadi

ट्रम्पलाई ग्रिनल्याण्ड कब्जा गर्नबाट रोक्न अमेरिकी संसदमा विधेयक ल्याइँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने धम्की दिइरहेको बेला ग्रिनल्याण्डको सार्वभौमसत्ता रक्षाका लागि विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी संसदमा विधेयक ल्याउने भएको छ।

ट्रम्पले पछिल्लो समयमा ग्रिनल्याण्ड किन्ने वा सहज तरिकाले अमेरिकी अधिनमा नआए कठोर कदम चाल्ने चेतावनी दिइरहेका छन्।

ट्रम्पलाई त्यसो गर्नबाट रोक्न क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्र्याटिक प्रतिनिधि सभा सदस्य जिमी गोमेजले ग्रिनल्याण्डको सार्वभौमसत्ता रक्षा विधेयक दर्ता गर्न लागेको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

सोमबार रिपब्लिकन पार्टीका फ्लोरिडाबाट निर्वाचित सांसद र्‍याण्डी फाइनले ट्रम्पलाई ग्रिनल्याण्ड कब्जा गर्न अधिकार दिने विधेयक प्रतिनिधि सभामा दर्ता गरेपछि ट्रम्पलाई रोक्न गोमेजले पनि विधेयक ल्याउन लागेका हुन्।

अमेरिकी संसदको दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत भए पनि धेरै रिपब्लिकन सांसदहरू ग्रिनल्याण्ड कब्जा गर्न नहुने पक्षमा छन्।

ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने धम्की दिएकाले डेनमार्क र ग्रिनल्याण्डका विदेश मन्त्रीहरूले अमेरिकी समकक्षी मार्को रूबिओसँग कुरा गर्न अमेरिका जाने भएका छन्।

डेनमार्कका विदेश मन्त्री लार्स लोक्के रासमुसेन र ग्रिनल्याण्डका समकक्षी भिभियन मोट्जफेल्डले बुधबार वासिङ्टन डिसीमा रूबिओलाई भेट्ने ब्लुमबर्गले जनाएको छ।सो भेटपछि यो टापुलाई लिएर अमेरिकासँग चिसिएको सम्बन्धलाई पुनः सुधार गर्ने डेनमार्कले अपेक्षा गरेको छ।

ट्रम्पले ग्रिनल्याण्ड सहज तरिकाले अमेरिकी अधिनमा नआए कठोर कदम अवलम्बन गर्ने चेतावनी दिएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page