


बैतडी:बैतडीमा ईभी हाइस दुर्घटना भएकाे छ। जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे घाेडेधारनजिक शनिबार राति साढे ९ बजे सुप प्र ०२ ००१ ज ०६२४ नम्बरकाे हाइस दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा उक्त हाइसका चालक दाेगडाकेदार-५ का मदन ठगुन्ना घाइते भएका खाेचलेक प्रहरी चाैकीका ईञ्चार्ज जयराज जाेशीले जानकारी दिनुभयाे। चालक ठगुन्नाकाे अवस्था मध्यम रहेकाे र उपचारकाे लागि जिल्ला अस्पताल पठाइएको छ।हाइसमा चालक मात्रै सवार रहेका बुझिएको छ। दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




