Vutlaxapu
Laxmibhuwan sun chadi

सैन्य विमान चढेर श्रीलंकाका राष्ट्रपति राजापाक्षेले देश छोडे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

असार २९ श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमानमा मुलुक छोडेर भागेका हुन्।
बिबिसीका अनुसार ७३ वर्षिय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्।

शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसिरहेका थिए।
राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन्।
उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बिबिसीले जनाएको छ। अमेरिकी नागरिकतासमेत भएका बासिल उनी त्यतै जाँदैछन्।
श्रीलंकामा अहिलेको अवस्था आउनुमा राजापाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै नागरिकमा उनीहरूप्रति तीव्र असन्तुष्टि र आक्रोश छ।

यसअघि राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिने बताएका थिए। यो सँगै श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्। सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका थिए।

श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएसँगै नयाँ राष्ट्रपतिको चुनिने प्रक्रिया थालिने भएको हो।

जय भगवति मेलौली सुनचाँदी

‘गोटबायाले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्ने निर्णय पार्टीका नेताहरूले गरेका हुन्,’ रानातुंगाले भने, ‘पार्टीले निर्णय गरे बमोजिम गोटबायाले राजीनामा दिएमा त्यसअनुरूप प्रक्रिया अगाडि बढ्नेछ।’

शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि श्रीलंकाको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका छन
२ करोड २० लाख श्रीलंकालीहरू केही वर्षअघिसम्म आर्थिक विकासका लागि छिमेकी मुलुकहरूका लागि पनि उदाहरण बन्ने दिशामा थिए। शासकहरू अदूरदर्शी नीतिका कारण अहिले श्रीलंका टाट पल्टिएको छ। हिजोसम्म आमनागरिकले जे कुरालाई दैनिक आवश्यकता ठान्थे ती आज प्राप्त गर्न नसक्ने सुविधामा परिणत भएका छन्।

प्रदर्शनकारीले उनीहरूको निवास कब्जा गरेपछि राष्ट्रपति गोटबाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघे कहाँ छन् भन्ने थाहा छैन। राष्ट्रपति र प्रधानमन्त्री दुबै नभएको अवस्था अहिले श्रीलंका कसले चलाइरहेको छ भन्ने प्रश्न उब्जिएको छ।

प्रदर्शनकारीहरूले  राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म उनीहरूको निवास नछोड्ने बताएका छन्।

राष्ट्रपति राजापाक्षे शनिबारदेखि सार्वजनिक रूपमा देखिएका छैनन्। न त उनले कुनै सन्देश जारी गरेका छन्।

केही दिनअघि तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षेले राजीनामा दिने बताएका थिए। सोमबार प्रधानमन्त्री विक्रमासिंघे प्रेस युनिटले पनि राष्ट्रपति राजापाक्षेले राजीनामा दिने बताएको छ। राजापाक्षे स्वयंले भने यसबारे कुनै जानकारी दिएका छैनन्।#रा

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page