Vutlaxapu
Laxmibhuwan sun chadi

चीनद्वारा ताइवान नजिकै ब्यालेस्टिक मिसाइल प्रहार, मिसाइलको ट्र्याक गर्न अमेरिकी जहाज जापानबाट उड्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । आज बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

चीनले ताइवानको उत्तर–पूर्वी तटमा दु२ वटा शक्तिशाली मिसाइल पनि प्रक्षेपण गरेको छ । अरू कैयौँ मिसाइल पनि चीनको सेनाले प्रहार गरेको छ । चिनियाँ जनमुक्ति सेनाले बनाएका डोङफेङ नामक दर्जनौँ मिसाइल ताइवानको भूमि नजिकै लक्षित गरेर प्रहार भएका समाचार संस्था रोयटर्सले जनाएको छ । चीनले अहिले गरिरहेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो र ताइवानको नजिकमा रहेको खबरमा उल्लेख छ ।

चीनको कडा विरोध र चेतावनीकै बीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले गएकाे मङ्गलवार र बुधवार ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित छ । चीनले आगोसँग खेल्नेहरूको अन्त्य निश्चित भएको प्रतिक्रिया दिएको छ ।

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मिसाइल प्रक्षेपणको प्रतिक्रियाका लागि आफ्ना प्रणाली पनि सक्रिय बनाएको बताएको छ । यस्तै ब्यालेस्टिक मिसाइलको ट्र्याक गर्न सक्ने अमेरिकी विमान जापानबाट उडेर ताइवानतर्फ लागेको बीबीसीले जनाएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page