Vutlaxapu
Laxmibhuwan sun chadi

ताइवानी सिमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई अमेरिकाको चेतावनी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

अमेरिकाले ताइवानी सीमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई चेतावनी दिएको छ ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अहिलेको सैन्य अभ्यास रोक्न र अबका दिनमा थप तनाव बढाउने काम नगर्न चेतावनी दिनुभएको हो । उहाँले तनावले चीन तथा यस क्षेत्रका कसैको पनि हित नहुने बताउनुभयो । साथै उहाँले अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याउनुभएको छ ।

जय भगवति मेलौली सुनचाँदी

अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको जनाएको छ । तर चीनले पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको र सैन्य गतिविधि आवश्यक भएको समेत जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवानमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

हिजोदेखि ताइवान आसपासको क्षेत्र जल तथा उडान क्षेत्रमा युद्ध अभ्यास भइरहेको छ । यो अभ्यास सोमवारसम्म चल्नेछ । चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

यो सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ । दक्षिणपूर्वी एसियाली देशहरुको समूह (आसियान)ले एक विज्ञप्ति निकालेर चीन र अमेरिका दुवैलाई अधिकतम संयमता देखाउन आग्रह समेत गरेको छ।

आसियान समूहमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम रहेका छन् । जवाफमा चीनले दक्षिणपूर्वी एसियाली देशहरुसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ ।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page