


काठमाण्डाै – शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, जलविद्युत् र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।
दुई सय ६८ वटा कम्पनीका ३८ लाख ४३ हजार कित्ता शेयर एक अर्ब १५ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र नबिल बैंकको पाँच करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।




