Vutlaxapu
Laxmibhuwan sun chadi

८ महिनामा ७ खर्ब ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाण्डाै – साउनदेखि फागुनसम्म सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको आठ महिनाको तुलनामा २५ दशमलव ३ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको आठ महिनामा रेमिट्यान्स १ दशमलव ३ प्रतिशतले घटेको थियो ।

जय भगवति मेलौली सुनचाँदी

अमेरिकी डलरमा रेमिट्यान्स १४ दशमलव ८ प्रतिशतले बढेर छ अर्ब नाै करोड पुगेको छ । अघिल्लो वर्ष २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५४ दशमलव ३ प्रतिशतले बढेर तीन लाख ५१ हजार सात सय ६१ जना पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ जना पुगेको छ । अघिल्लो वर्षको आठ महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ सय ४० प्रतिशतले बढेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page