Vutlaxapu
Laxmibhuwan sun chadi

गाँजाको शरणार्थी शिविरमा इसराइलले गर्‍यो हवाई आक्रमण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कार्तिक १५- इसराइलले गजाको बाक्लो आवादी भएको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको छ।

मंगलबार उत्तरी गजापट्टीको जबालिया शरणार्थी शिविरमा इसराइलले हवाई आक्रमण गर्दा त्यहाँ दर्जनौं नागरिकहरू मारिएका छन्। आक्रमणबाट २० घर पूर्ण क्षति भएका छन्।

 

सिएनएनका अनुसार इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासका कमान्डरलाई लक्षित गरि हवाई आक्रमण गरेको दाबी गरेको छ।

 

अक्टोबर ७ मा इसराइलमाथि आक्रमण गर्ने योजना बनाउनेमध्येका एक हमास नेता इब्राहिम बियारीलाई लक्षित गरी हवाई आक्रमण गरिएको आइडिएफका एक प्रवक्ता लेफ्टिनेन्ट कर्नल रिचर्ड हेक्टले बताएका छन्।

 

हमासले आइडिएफको उक्ता दाबीको खण्डन गरेको छ। जबालिया शरणार्थी शिविरमा हमासका कुनैपनि कमान्डर नरहेको हमासका प्रवक्ता प्रवक्ता हजिम क्वास्सेमलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

 

जय भगवति मेलौली सुनचाँदी

उनले शरणार्थी शिविरमा महिला, बालबालिका र वृद्धवृद्धाको मृत्यु हुनेगरी इसराइलले गरेको आक्रमण जघन्य अपराध रहेको बताए।सिएनएनका अनुसार गजाको इन्डोनेसियन अस्पताल हवाई आक्रमणमा परी मृत्यु तथा घाइतेहरूले भरिएको छ। आक्रमणमा परी मृत्यु भएकाहरूको शव अस्पताल बाहिर सेतो कपडा बेरेर लस्करै राखिएको छ।

 

मृतक र घाइतेको यकिन विवरण सार्वजनिक भइसकेको छैन।

शय्या, भुइँ, कुनाकाप्चा, सिँडी, रिसेप्सन जताततै घाइते भएका मानिसहरू छन्,’ इन्डोनेसियन अस्पतालका एक डाक्टरलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ। इन्डोनेसियन अस्पताल गजाको ठूलोमध्येको एक अस्पताल हो।

 

गजामा इसराइलको आक्रमणबाट अक्टोबर ७ यता साढे ८ हजार प्यालेस्टाइनी नागरिकहरूको ज्यान गएको छ। जसमध्ये ७३ प्रतिशत महिला, बालबालिका र वृद्धवृद्धा छन्।

 

इसराइलले हमासविरूद्ध जमिनबाट पनि आक्रमण सुरू गरेको छ। चौबिस घन्टामा आइडिएफका ६६ वटाभन्दा बढी ट्रकहरू गजा क्षेत्रमा प्रवेश गरेको सिएनएनले उल्लेख गरेको छ।

गाँजामा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रहलाई इसराइलले अस्वीकार गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page