Vutlaxapu
Laxmibhuwan sun chadi

तेस्रो विश्व युद्ध हुन नदिन संयमता अपनाएका छाैँ : बाइडेन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

फागुन २८ अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको बताउनु भएको छ । उहाँले तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको बताउनु भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

उहाँले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने पनि बताएका बीबीसीले जनाएको छ ।

बाइडेनले रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगे अमेरिकासहित पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै जाने र एकदिन रुस एक्लै हुने पनि बताउनु भएको छ ।  रुसले नेटो देशलाई विभाजन गर्न खोजेको समेत राष्ट्रपति बाइडेनको आरोप छ ।

यसैबीच, रुसले सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएको छ । आफूविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेको भन्दै रूसको राष्ट्रपति कार्यालयले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी दिएको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page