


बैतडी- पाटन नगरपालिकाको कक्षा ८ को बार्षिक परिक्षामा ७ विद्यालयको नजिता शून्य आएको छ । नगरपालिकाले सोमबार प्रकाशीत गरेको परिक्षाफल अनुसार बार्षिक परिक्षामा ३५ विद्यालय मध्ये ७ विद्यालयको नतिजा शून्य आएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार वडा नम्बर १ को सिद्धेश्वर मावि मेलचौरा, सरस्वति आधारभुत विद्यालय गुत्थडी, वडा नम्बर ६ को डाडाँबाघ आधारभुत विद्यालय हिरापुर, भगवति आधारभुत विद्यालय सुकेली रहेका छन् । यस्तै वडा नम्बर ७ को भुवनेश्वर आधारभुत विद्यालय भगवति, वडा नम्बर ८ को सिद्धदिप आधारभुत विद्यालय खोड्पे वडा नम्बर १० को ब्रहम आधारभुत विद्यालय हतासको नतिजा शून्य रहेको उनले जानकारी दिए ।
यसैगरी कक्षा ८ को नगरस्तरीय परिक्षामा २० प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । ६५२ जना परिक्षार्थी मध्ये १३७ जना मात्रै उत्तिर्ण भएका शिक्षा शाखा प्रमुख पाण्डेय जानकारी दिए ।





