Vutlaxapu
Laxmibhuwan sun chadi

शेख हसिनाविरूद्ध हत्याको मुद्दा दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध हत्याको अर्को मुद्दा दर्ता भएको छ।

विद्यार्थीहरूको आन्दोलनका क्रममा जुलाई १९ मा ढाका डिग्री कलेजका विद्यार्थी इस्लाम रोजनको सुरक्षाकर्मीको गोली  लागेर मृत्यु भएको थियो।

बुधबार उनका इस्लामका दाइ मोहम्मद राजिवले हसिनासहित अन्य २३ जनाविरूद्ध ढाकाको अदालतमा हत्याको मुद्दा दायर गरेका हुन्।

मुद्दामा प्रारम्भिक सुनुवाइपछि मजिस्ट्रेटले उजुरीकर्ताको बयान लिई काफ्रुल प्रहरी चौकीका इन्चार्जलाई पहिलो सूचना प्रतिवेदन (एफआईआर) दर्ता गर्न भनेको छ।

जय भगवति मेलौली सुनचाँदी

हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमन खान, अवामी लिगका पूर्व महासचिव ओबेदल कादर, पूर्व कानुनमन्त्री अनिसुल हक, पूर्व प्रहरी महानिरीक्षक  चौधरी अबदुल्लाह अल मामुन, ढाकाका पूर्व प्रहरी प्रमुख लगायत २३ जनालाई प्रतिवादी बनाइएको छ।

हसिनाविरूद्ध हत्याको आरोप लगाउँदै दर्ता भएको दोस्रो मुद्दा हो।

यसअघि मंगलबार हसिनाविरूद्ध हत्याको मुद्दा दायर भएको थियो। आरक्षण सुधारको माग गर्दै जुलाई १९ मै ढाकाको मोहम्मदपुर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर अबु सैयदको मृत्यु भएको थियो।

यस घटनामा हसिनासहित अन्य पाँच जनाविरूद्ध अबु सैयदका आफन्तले मुद्दा दर्ता गरेका थिए।

कोटा प्रणाली सुधारको माग गर्दै बंगलादेशमा विद्यार्थीहरूले एक महिनासम्म प्रदर्शन गरेका थिए। आन्दोलनरत विद्यार्थीमाथि हसिनाको निर्देशनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गर्दा चार सयभन्दा बढीको मृत्यु भएको थियो।

थप बल प्रयोगगका लागि सेनाले अस्वीकार गरेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा देश छाडेकी थिइन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page