Vutlaxapu
Laxmibhuwan sun chadi

दक्षिण कोरियामा जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -दक्षिण कोरियामा विमानस्थलभित्रै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४७ पुगेको दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

दुई जनालाई भने जिवितै उद्धार गरिएको छ।

मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जनाएको छ।

जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए। दुर्घटनामा जहाज पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने बताइएको छ।

विमानस्थलका अधिकारीहरूले जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page