Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा ट्राफिकको कारबाहीबाट ६ महिनामा एक करोड ८४ लाख असुली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -सुदूरपश्चिममा ६ महिनामा २५ हजार बढी सवारी कारबाहीमा परेका छन।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाको तथ्याङ्क अनुसार ६ महिनामा २५ हजार चार सय ७८ सवारी साधन कारबाहीमा परेका हुन्।सुदूरपश्चिममा गत साउनदेखि पुस महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधन कारबाहीबाट सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले एक करोड ८४ लाख ५५ हजार राजस्व सङ्कलन गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

सुदूरपश्चिममा सवारी साधन कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छन्। प्रदेशमा ६ महिनाको अवधिमा १० हजार पाँच सय ६ मोटरसाइकल कारबाहीमा परेका छन्। मोटरसाइकलबाट मात्र ७४ लाख ८८ हजार पाँच सय राजस्व सङ्कलन भएको छ। ट्राफिकले ६ महिनामा २ हजार तीन सय ५५ ट्रकलाई कारबाही गरिएको छ। ट्रकहरूबाट २१ लाख ९९ हजार पाँच सय राजस्व सङ्कलन गरिएको छ। प्रदेश ट्राफिक प्रहरीले एक हजार सात सय ४२ बसलाई कारबाही गरिएको छ। बसहरूबाट ट्राफिकले १४ लाख २८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

प्रदेशमा ६ हजार एक सय पचास जिप र कारलाई कारबाही गरिएको छ। जिप तथा कारहरूबाट ६ महिनामा ४० लाख ७९ हजार पाँच सय जरिबाना असुल गरिएको छ। सुदूरपश्चिममा ६ महिनाको अवधिमा २ हजार तीन सय ३५ ट्याक्टरलाई कारबाही गरिएको छ। प्रदेश ट्राफिक प्रहरीले ट्याक्टरहरूबाट १६ लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ। यस्तै २ हजार ३९० अन्य सवारी साधन कारबाहीमा परेका छन्। अन्य सवारी कारबाहीबाट १६ लाख ३ हजार राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

 

मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिल बुक बिना सवारी चलाउने, द्रुत गतिमा सवारी चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक र सवारी साधनलाई कारबाही गरिएको हो। चाडपर्वको समयमा मादक पदार्थ परीक्षणलाई बढी प्राथमिकता दिएकाले बढी राजस्व देखिएको ट्राफिक प्रहरीले बताएको छ। सुदूरपश्चिममा सवारी साधनको सङ्ख्या बढेसँगै कारबाहीमा पर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page