


बैतडी– बैतडीको सिगासमा जिप दुर्घटना भएको छ। सिगास गाउँपालिका–१ माँडौमा सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सो दुर्घटनामा परि सिगास गाउँपालिका–१ इरानाकी १४ वर्षिया जयन्ती धामी र १९ वर्षिया पार्वति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए। उनिहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
यस्तै सोहि ठाउँकी ४० बर्षिया तुलसी धामी, १६ बर्षिया निरा धामी, १९ हेमन्ती धामी र १४ बर्षिया भागरथि धामी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भएरहेको छ।
शनिवार बिहान ४ बजे जन्तिघरबाट फर्किदै गर्दा सिगास गाउँपालिका–१ माँडौमा जिप दुर्घटनामा परेको हो।जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।जिप चालक फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।




