Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पुर्चौडीमा एच पि भी खोप सम्बन्धि अभिमुखिकरण सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

हरि साँउद‌, पुर्चौडी सम्बाददाता बैतडी,बैतडीको पुर्चौडी नगरपालिकामा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

पुर्चौडी नगरपालिका स्वास्थ्य साखा द्वारा आयोजना गरिएको सो कार्यक्रममा माघ २२ गतेदेखी पुर्चौडी नगरपालिकाका १० वटै वडाहरुमा खोप अभियान सञ्चालन गर्नेबारे छलफल भएको पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले जानकारी दिए।

 

नगरपालिका भित्र रहेका बिधालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म पढ्ने छात्राहरु र बिध्यालय नजानेको हकमा १० बर्ष मुनि देखि १४ बर्ष माथिका किशोरी हरुलाई खोप लगाईने स्वास्थ्य संयोजक बिनोद कुमार कुँवरले बताए। पुर्चौडी नगरपालीकाको सभाहलमा सम्पन्न कार्यक्रममा पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बम, उपप्रमुख मिना धानुक,प्रमुख प्रसासकिय अधिकृत जगदिश प्रसाद जोशी,स्वास्थ्य शाखा सयोजक बिनोद कुमार कुवर,नगर प्रबक्ता धिरेन्द्र बहादुर बम,१० वटै वार्डका अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page