गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

गौरीफन्टा सीमा नाकाबाट बझाङकी एक किशोरीको उद्धार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः गौरीफन्टा सीमा नाकाबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ।नेपाल–भारत सीमा नाकामा सशस्त्र सीमा बल एसएसबीले मानव तस्करीको प्रयास असफल पार्दै १६ वर्षीय नेपाली किशोरीको उद्धार गरेको हो।

खालि ठाँउ २

गौरीफन्टा चेकपोस्टमा प्राप्त सूचनाका आधारमा एसएसबीले बैंगलोर लैजाने तयारीमा रहेका २० वर्षीय युवकलाई पनि नियन्त्रणमा लिएको छ।पक्राउ परेकी किशोरी बझाङकी सोविता सुनार रहेको खुलेको छ भने अभियुक्त युवक सोही जिल्लाका सुशील पार्की रहेका छन्।

अनुसन्धानका क्रममा अभियुक्त नेपालमै अध्ययनरत रहेको पत्ता लागेको छ। किशोरी विगत तीन दिनदेखि घरबाट बेपत्ता रहेको एसएसबीको अनुसन्धानबाट खुलेको छ।  घटनाबारे तत्काल दुवैका अभिभावकलाई जानकारी गराइएको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अभियुक्त युवकलाई नेपाल प्रहरी कैलालीको जिम्मा लगाइएको छ भने पीडित किशोरीलाई आमाबुवाको उपस्थितिमा नेपाल एनजीओ पीआरसी लाई बुझाइएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page