


बैतडी- हरि साँउद-पुर्चौडी सम्वाददाता
बैतडीको पुर्चौडी नगरपालिका वडा नं ८ मल्लादेहिमा रहेको डिलाशैनी माध्यमिक विधालय पुनपा -८ मल्लादेहिको ६५औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ।
विधालय ब्यवस्थापन समिति अध्यक्ष राजु लुहारको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा प्रदेस सभा साँसद जानकी ऐर बम प्रमुख अथिती रहेकी थिइन्।


यस्तै विशिष्ट अथितीमा पुर्चौडी नगर उपप्रमुख मिना धानुक रहेकि थिइन भने कार्यक्रममा नगर प्रवक्ता धिरेन्द्र बहादुर बम,वडा नं न ५ का अध्यक्ष नागी सिह खडायत, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले जानकारी दिए्।

बिधालयका प्रधानाध्यापक वीर सिँह रतोकिले बिधालयको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम विभिन्न सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको साँउदले बताए।




