



बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका खोचेलेकमा रहेको श्रीकोट बहुमुखी क्याम्पसले क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ। क्याम्पसले आयोजना गरेको तालिममा श्रीकोट बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस गाँजरी,नवप्रभात बहुमुखी क्याम्पसको सहभागिता रहेको छ।उक्त क्याम्पसबाट २०जना शिक्षकहरु तालिममा सहभागी भएका र अन्य क्याम्पसहरुको पनि सहभागिता रहने क्याम्पस प्रसासनले जनाएको छ। क्याम्पसले डिजिटल लिट्रेसी, डिजिटल पेडागोजी,सब्जेक्ट स्पेसिफिक टुल्स सम्बन्धि तालिम दिइने क्याम्पस प्रमुख दान सिँह कार्किले बताए।




