


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -६ मा रहेको भगवति माध्यमिक विधालय सित्तड बैतडीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ।

TMuse को आयोजना र भगवती मा.वि.सित्तड बैतडीको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको TMuse का संस्थापक एवम् स्थायी कमिटी सदस्य सुनील सिंह ऐरीले बताए। ” समाज परिवर्तनमा, गुणस्तरीय शिक्षा को आवश्यकता ” नामक शीर्षकमा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको ऐरीले बताए।
प्रतियोगितामा कक्षा ८ का विद्यार्थी डार्विन जोशी प्रथम ,कक्षा १२मा अध्यनरत छात्रा मिना गोयला द्वितीय र कक्षा १२मै अध्यनरत छात्रा रञ्जना जोशी तृतिय र कक्षा ११ मा अध्यनरत छात्र सागर जोशीले सान्त्वना स्थान प्राप्त गरेको ऐरीले बताए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने सहभागीहरुलाइ पुरुस्कार बितरण गरिएको थियो।




